नेकपा (एमाले) केन्द्रीय सदस्य भानुभक्त जोशी एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

बिहीबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जोशीलाई पार्टीमा स्वागत गरेका छन्। नेकपा एमालेमा अन्तरसंघर्ष भएको बेला नेपाल समूहमा रहेका जोशी अन्तिम समयमा एमालेमै रहेका थिए।बानेश्वरस्थित अर्पण पार्टी प्यालेसमा जारी स्थायी कमिटी बैठकमा जोशी नेकपा एसमा प्रवेश गरेका हुन् । जोशीलाई नेकपा एसका अध्यक्ष माधव नेपालले पार्टीमा स्वागत गरे। आफू एकताका लागि लचिलो भएर एमालेमै बसे पनि १० बुँदेको कार्यान्वयन नभएको भन्दै उनले त्यहाँ बस्ने सक्ने वातावरण नबनेको बताए ।

एकीकृत समाजवादीमा आवद्ध भएलगत्तै जोशी पार्टीको स्थायी कमिटी बैठकमा सहभागी भएका छन्।

बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर राजीनामा दिएको पत्र उनले पढेर सुनाएका थिए । १० बुँदे कार्यान्वयन गर्न अपानी जारी गरे पनि त्यसको कार्यन्वयन नगरेको र पार्टीमा विचार शुन्यता आएको उनको टिप्पणी थिए ।

हालसालै सकिएको विधान महाधिवेनमा बोल्न समेत नदिएको उनले आरोप लगाए ।

नेकपा हुँदा सूदुरपश्चिम प्रदेशको सहइन्चार्ज रहेका जोशी एमाले समानन्तर कमिटीको प्रदेश अध्यक्ष पनि थिए । उनलाई स्थायी कमिटीमा जिम्मेवारी दिने अध्यक्ष नेपालको घोषणा थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय