भैरहवा ग्लाडियटर्सलाई ७ विकेटले पराजित गर्दै पोखरा राइनोज पहिलोपटक एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फाइनल पुगेको छ ।

बिहीबार भैरहवाले दिएको १२० रनको लक्ष्य पोखराले १८.२ ओभरमा ३ विकेटको क्षतिमा पार गर्‍यो।

पोखराका लागि ओपनर रिचार्ड लेभीले १४ रन जोड्दा अर्का ओपनर रित गौतम ६ रनमा आउट भए। लोकेश बम शून्यमा आउट भए।

सहान अराचसिगेले नटआउट ५३ रन जोडे। उनले ४४ बलमा ७ चौका हिर्काए। यस्तै विपिन रावलले नटआउट ४० रन बटुले। उनले ३४ बलमा ३ चौका र १ छक्का हिर्काए।

बलिङमा भैरहवाका भुवन कार्कीले २ विकेट लिन सफल भए।

टस हारेर व्याटिङको निम्तो पाएको भैरहवाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय १९ रनको योगफल तयार गरेको थियो । भैरहवाका लागि कप्तान शरद भेषावकरले ३३ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३२ रन बनाउँदै अविजित रहे । त्यस्तै ओपनर रोहित पौडेल १७ बलमा १८ रन र प्रदिप ऐरी ११ बलमा ११ रन जोडेर पेभिलेन फर्किएका थिए ।

उपुल थरंगा १२ बलमा १० रन र आरिफ शेखले २४ बलमा २७ रन बनाए । अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । पोखराको बलिङमा किशोर महतो र साहन आरचिगेले सर्वाधिक २/२ विकेट लिए । त्यस्तै असेल गुनरत्ने र नन्दन यादवले समान १ विकेट लिएका थिए । भैरहवाको बलिङमा भुवन कार्कीले सर्वाधिक २ विकेट लिए ।

यसअघिका संस्करणमा प्लेअफमा पनि नपुगेको पोखराले पहिलोपटक फाइनल यात्रा तय गरेको हो । यो हारसँगै भैरहवा भने पहिलोपटक ईपीएलको फाइनलमा पुग्न चु्केको छ ।

शनिबार हुने फाइनलमा पोखरा र चितवन टाइगर्स भिड्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय