माल्दिभ्समा जारी साफ च्याम्पियनसीप अन्तरगत आज भएको खेलमा भारत र श्रीलंकाले बराबरी खेल्दै अंक बाँडेका छन् ।

बिहीबार माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा श्रीलंकाले भारतलाई गोलरहीत बराबरीमा रोकेको हो। दुवै टिमले गोल गर्न नसकेपछि ०-० को नतिजा स्वीकार्न वाध्य भएका हुन् ।

भारतले लिग चरणका दुवै खेलमा बराबरी खेलेको छ। यसअघि पहिलो चरणमा भारत बंगलादेशसँग १-१ को बराबरीमा रोकिएको थियो।

यस नतिजासँगै शीर्षस्थानमा रहेको नेपालको फाइनल पुग्ने सम्भावना थप बलियो बनेको छ। नेपालले २ खेलमा ६ अंक जोडेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय