सत्तारुढ गठबन्धनमा मन्त्रालय भागबण्डा मिलेको छ। बिहीबार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा मन्त्रालयको भागबण्डा मिलेको हो। भोलि मन्त्रिपरिषद् विस्तार हुने र मन्त्रीहरुको भोलि नै शपथ हुने सत्तारुढ दलका नेताहरुले बताएका छन् ।

बिहीबारको बैठकमा जुटेको ‘सैद्धान्तिक सहमति’अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन्। प्रधानमन्त्री देउवा निकट स्रोतका अनुसार शुक्रबार अपराह्न ४ बजे नवनियुक्त मन्त्रीहरुलाई शपथ गराइने छ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दल (जसपा) का शीर्ष नेताहरुले मंगलबार मन्त्रालयको संख्या भागबण्डा गरेका थिए । कांग्रेसले ८ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री, नेकपा एकीकृत समाजवादीले ४ मन्त्री र एक राज्यमन्त्री र जसपाले चार मन्त्री लिने सहमति भएको थियो ।

यसअघि नेपाली कांग्रेसले ७ मन्त्रालय पाउने सहमति भएको भनिए पनि गठबन्धनका  नेताहरु कांग्रेसलाई थप मन्त्रालय दिन सहमत भएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय