कांग्रेस नेतृ सुजाता कोइरालाले मन्त्री पदका लागि आश्वासन दिएर धोका दिइएको भन्दै आक्रोश व्यक्त गरेकी छन् । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइरालाको साथ छोडेको घोषणा गरेकी छिन् । मन्त्रिपरिषद्ले पूर्णता पाएकै दिन सुजाताले पौडेल र कोइरालाले कांग्रेस चलाउन नसक्ने बताइन् ।

उनले यसले गर्दा शशांकको क्षमता र इमान्दारितामा गम्भीर प्रश्न उठेको बताइन् ।

आफूलाई मन्त्रिपरिषद्‍मा सहभागी नगराउने कुरा ३ महिना पहिले नै थाहा भएको भन्दै सुजाताले कांग्रेसभित्र धोकाको राजनीति गर्नेले पार्टी चलाउन नसक्ने बताइन् । ‘रामचन्द्रजी कहिल्यै फस्टम्यान हुने मान्छे होइन । उहाँले कांग्रेसलाई सधैँ विभाजित गर्नुभएको छ । शशांकले पनि महामन्त्रीमा पर्फमेन्स दिन सकेनन् । अब यी दुवैजनालाई मेरो सहयोग हुँदैन’, सुजाताले भनिन् ।

सुजाताले भनिन्, “मैले सभापतिमा उम्मेदवारी घोषणा गरेपछि शशांक मेरै घरमा आएर कुराकानी भयो । दिउँसो लञ्च मिटिङ गरियो । परिवारको सदस्यसँग राजनीतिक कुरा धेरै गर्नु थिएन मैले गरिनँ । शशांकले नै सभापतिमा उम्मेदवारी घोषणा गरेको प्रशंग निकालेर यसपटक मलाई सहयोग गर । म तिमीलाई मन्त्री बनाउँछु, पहिला उपप्रधानमन्त्री भइसकेकाले अब तिमीलाई राम्रो मन्त्रालयसहित उपप्रधानमन्त्री बनाउँछु । पार्टीमा पनि सम्मानजक उपस्थिति रहने व्यवस्था मिलाउँछु । तर पार्टी नेतृत्वका लागि म अघि बढ्छु भनेका थिए ।”

“मलाई शशांकका भनाइहरुसँग कुनै विश्वास नै लाग्दैन, त्यसैले म मन्त्री बन्छु र शशांकले मलाई बनाउँछ भनेर विश्वास त थिएन नै तर पनि अन्तिममा धोका चाहिँ भयो,” उनको प्रतिक्रिया थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय