Khabar Samachar

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको जेल सजाय

209
VIEWS

पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खान पक्राउ परेका छन्।

पूर्वप्रधानमन्त्री खानलाई तोशाखाना भ्रष्टाचार प्रकरणमा अदालतले दोषी ठहर गरेपछि प्रहरीले लाहोरस्थित घरबाटै उनलाई पक्राउ गरेको हो।

उनलाई इस्लामावादको एक अदालतले तोशाखानाबाट गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा दोषी ठहर गर्दै तीन वर्ष जेल र एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको हो।

पाकिस्तानको निर्वाचन आयोगका अनुसार यो फैसलासँगै उनी आगामी पाँच वर्ष चुनाव लड्न पाउने छैनन्।

खानको पार्टी पीटीआईले फैसला पक्षपातपूर्ण रहेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित