गण्डकी प्रदेशमा मन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मन्त्री नियुक्त भए पनि उनको मन्त्रालय भने तोकिएको छैन । यसअघि साउन ८ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मन्त्रिपरिषद विस्तार गर्दा डोबाटे मन्त्री हुने सूचीमा रहे पनि अन्तिम समयमा हटाएर विन्दुकुमार थापा मन्त्री बनेका थिए ।

यसअघि कांग्रेस गठबन्धन सरकार विस्तार गर्दा डोवाटेलाई मन्त्री बनाउने पक्कापक्की भएको थियो। मुख्यमन्त्री पोखरेलले मन्त्रीको सपथ लिन बोलाए पनि सपथ ग्रहणमा भने डोवाटेको ठाउँमा व्यवसायी सांसद विन्दुकुमार थापालाई सपथ खुवाइएको थियो।

दलित सांसदलाई सपथ ग्रहण समारोहमा बोलाएर नाम काट्ने र व्यवसायीलाई मन्त्री नियुक्त गरेको भन्दै त्यतिबेला गठबन्धन सरकारको आलोचना भएको थियो। सांसद डोवाटेलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिनाविभागीय मन्त्रीका रूपमा नियुक्त गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय