एसिया कप २०२३ को पहिलो खेलमा नेपालले पाकिस्तानविरूद्ध पहिले बलिङ गर्ने भएको छ। पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको छ।
खेल नेपाली समयअनुसार सवा तीन बजे मुल्तान मैदानमा हुनेछ।
पाकिस्तान टिम : बाबर अजाम (कप्तान), शादाब खान (उपकप्तान), फखर जमान, इमाम-उल-हक, सलमान अली आगा, इफ्तिखर अहमद, मोहम्मद रिजवान, मोहम्मद नवाज, हरिस रउफ, नसीम शाह, शाहीन अफ्रिदी
अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपालले पाकिस्तान र भारतसँग पहिलोपटक प्रतिस्पर्धा गर्दैछ।
पाकिस्तान हाल आइसिसी वरीयताको नम्बर एक टिम हो। भर्खरै अफगानिस्तानविरूद्धको तीन खेलको एकदिवसीय सिरिज ३-० ले क्लिनस्विप गरेपछि पाकिस्तान विश्वको नम्बर एक टिम बनेको थियो। अफगानिस्तानलाई ३-० ले हराएको मैदानमा पाकिस्तानले नेपालसँग खेल्नेछ।
Discussion about this post