नेकपा माओवादी केन्द्रको विदेश विभाग प्रमुखमा स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठलाई प्रमुख बनाइएको छ। यसअघि श्रेष्ठलाई पार्टी प्रवक्ताबाट हटाएर कृष्णबहादुर महरालाई प्रवक्ता बनाइएको थियो।

     यस अघि प्रमुख रहेका पार्टीमा वैचारिक नेताको छवि बनाएका कार्कीलाई घटुवा गरेर विदेश विभाग उपप्रमुखमा सीमित गरिएको छ। 

श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन निकै जोडबल गरेका थिए। २०७४ सालमा भएको निर्वाचनमा गोरखा-२ बाट जनता बाबुराम भट्टराईसँग पराजित भएपछि उनले यो कार्यकालभर संसद नजाने घोषणा गरेका थिए।

उनी त्यसपछि राष्ट्रिय सभाको निर्वाचनबाट सदस्य बने। संसद छिरेलगतै देउवा नेतृत्वको सरकारमा जान निकै जोडबल गरपछि त्यसलाई रोक्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निक्कै हम्मे पर्यो। निर्वाचनमा पराजित भएका श्रेष्ठलाई मन्त्री बनाउँदा विरोध हुने देखेकाले प्रचण्डले सरकारमा जान रोेकेका हुन्। सम्भवतः यहीकारण जसपा अध्यक्ष उपेन्द्र यादव समेत सरकारमा सहभागी हुन पाएनन्। देउवाले उपप्रधानमन्त्री नै नबनाउने मापदण्ड बनाएर श्रेष्ठ रोकिएपछि यादव पनि रोकिएका हुन्।

सरकारमा जाने बाटो बन्द भएपछि श्रेष्ठले विदेश विभाग प्रमुखमा दाबी गरेका थिए। त्यसैले केही दिनअघि विदेश विभाग प्रमुख कार्कीको नेतृत्वमा कमिटी बनेको विषय मिडियामा सार्वजनिक भएपछि श्रेष्ठले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका थिए। विदेश विभाग नबनेको बताउँदै श्रेष्ठले निर्माणको मात्र भएको उल्लेख गरेका थिए। लगतै पार्टीको सर्कुलरमा भने श्रेष्ठलाई विदेश विभाग प्रमुख बनाएको विषय बाहिर आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय