Skip to main content

Khabar Samachar

Search
Close this search box.

एसियाडका लागि नेपाली महिला टिम चीन प्रस्थान

204
VIEWS

चीनको होङझाउमा हुने १९औँ एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय महिला टिम त्यसतर्फ प्रस्थान गरेको छ । नेपाली टिम सोमबार एयर चाइनामार्फत चीन उड्न लागेको हो ।

एसियाडको महिला फुटबलमा नेपाल समूह ‘डी’मा छ । यो समूहमा नेपालसँगै सन् २०११ को विश्वकप विजेता जापान, भियतनाम र साफ च्याम्पियन बंगलादेश छन् । जापान एसियाड महिला फुटबलको साविक स्वर्णपदक विजेता टिम समेत हो ।

एसियाली खेलकुदमा महिला फुटबलतर्फ सहभागी १८ टोलीलाई पाँच समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘डी’ र ‘ई’मा चार तथा अन्य तीन समूहमा भने समान तीन टोली समावेश छन् ।

एसियाली खेलकुद २३ सेप्टेम्बरदेखि ८ अक्टोबरसम्म चीनमा हुँदै छ ।  एसियाली खेलकुदमा नेपालबाट विभिन्न २९ खेलमा २५३ खेलाडी सहभागी हुँदै छन् ।

नेपाली टिम ः एन्जिला तुम्बाप्पो सुब्बा (गोलकिपर), अञ्जना रानामगर (गोलकिपर), उषा नाथ (गोलकिपर), सरु लिम्बु, सावित्रा भण्डारी, समीक्षा घिमिरे, गीता रानामगर, हिराकुमारी भुजेल, निशा थोकर, प्रिती राई, पूजा राना, रश्मी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सविता रानामगर, अमिषा कार्की, अमृता राई, अनिता बस्नेत, अनिता केसी, विमला विक, विमला चौधरी र दीपा शाही ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित