Skip to main content

Khabar Samachar

Search
Close this search box.

राष्ट्रपति पौडेलले गरे जानकी मन्दिरमा पूजापाठ

207
VIEWS

राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुरधामस्थित जनकी मन्दिरमा विशेष पूजापाठ गरेका छन्।

सोमबार जनकपुरधाम आएका राष्ट्रपति पौडेलले मन्दिरमा पूजापाठ गरी मन्दिरको अवलोकनसमेत गरे।

उनीसँगै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधि, जुलीकुमारी महासेठ, प्रदेश सरकारका मन्त्रीहरू रहेका थिए।

जानकी मन्दिरमा राष्ट्रपति आउने भएपछि मन्दिरमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा गरिएको थियो।

पूजा गरेर राष्ट्रपति पौडेल प्रदेश प्रमुखकहाँ गएका छन् भने १ बजे नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ।

नागरिकता विधेयक प्रमाणीकरण गरेकाले उनलाई नागरिक अभिनन्दन गर्न लागिएको हो।

राष्ट्रपति पौडेल राष्ट्रपति भएपछि पहिलाेपटक जनकपुरधाम आएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित