Khabar Samachar

Search
Close this search box.

सहकर्मीमाथि दुर्व्यवहारमा मुछिएका एसएसपी योगबहादुर पालले दिए राजीनामा

201
VIEWS

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन् । सहकर्मी महिला हवल्दारमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका एसएसपी पालले राजीनामा दिएका हुन् । उनले शनिबार राजीनामा बुझाएका थिए ।

राजीनामा स्वीकृतिका लागि गृहमन्त्रालयमा पठाइएको प्रहरी केन्द्रीय प्रवक्ता कुबेर कडायतले बताए । पालले सहकर्मी महिला हवल्दारलाई यौन दुर्व्यवहार गरेको उजुरी परेपछि प्रहरी प्रधान कार्यालयको आन्तरिक छानबिन समिति बनाएको थियो ।

समितिले एसएसपी पाललाई दोषी ठहर गर्दै बर्खास्त गर्न सिफारिस गरेपछि उनले राजीनामा दिएको प्रहरीले स्रोतले बतायो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा रहँदा बिदा माग्न  गएकी  महिला हवल्दारलाई  यौन दुर्व्यवहार गरेका थिए ।

उक्त घटना बाहिर आएलगतै उनलाई गृह मन्त्रालयले निलम्बन समेत गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित