Khabar Samachar

इन्द्रजात्रामा हेर्न गएका एक युवकको हत्या

212
VIEWS

इन्द्रजात्रा हेर्न न्युरोड पुगेका एक युवकमाथि धारिलो हतियार प्रहार भएको छ। धारिलो हतियार प्रहारबाट घाइते भएका उनको अस्पताल पुर्‍याउँदा पुर्‍याउँदै मृत्यु भएको हो।

सोमबार राति साढे ११ बजे जात्रा हेर्न न्युरोड पुगेका ओखलढुंगा लिखु गाउँपालिका-४ घर भई हाल क्षेत्रपाटी बस्दै आएको १७ वर्षीय सनी कार्कीमाथि प्रहार भएको हो।

घाइते भएका कार्कीलाई ट्रमा सेन्टरबाट रिफर गरेर ११:५८ मा मनमोहन अस्पताल पुर्‍याउँदा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोध ढुंगेलले जानकारी दिए।

‘शंकास्पद दुई जनालाई नियन्त्रणमा लिइएका छौं,’ उनले भने। घटनामा संलग्न भएको भन्दै प्रहरीले शंकास्पद दुई जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुमाथि अनुसन्धान जारी रहेको एसपी ढुंगेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित