पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार दिउँसो ३ बजेर ५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।दिउँसो ३ बजेर ६ मिनेट जाँदा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको थियो । हालसम्म भूकम्पबाट भएको क्षतिको कुनै विवरण प्राप्त भइसकेको छैन ।
कैलाली, डोटी, डडेल्धुरा, बाजुरालगायतका जिल्लामा हल्लाएको अनुभूति भएको स्थानीयले उल्लेख गरेका छन् । बझाङको तलकोट केन्द्रबिन्दु भएर ५.३ म्याग्नेच्युटको भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जानकारी दिएको छ ।
थप विवरण आउन बाँकी छ ।
Discussion about this post