Khabar Samachar

सिद्धार्थ राजमार्गमा पहिरो, यात्रुबाहक जीप पुरियो

206
VIEWS

दुई दिनदेखि परेको अविरल वर्षासँगै आएको लेदोसहितको पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाऊ गाउँपालिका ५ कालीमाटीमा यात्रुबाहक जीप पुरिएको छ । जिल्ला प्रहरी कार्यालय, पाल्पाका डीएसपी सुगन्ध श्रेष्ठका अनुसार घटनास्थलमा प्रहरी जाँदै छ । लु ३ च ५३४२ नम्बरको भ्यान पहिरोमा परेको हो । ‘अहिले सिद्धार्थ राजमार्ग अबरुद्ध छ । घटनास्थलमा प्रहरी पुग्दैछ । पुरिएका जीपबाट मानिसहरू निस्किएका छन् । विस्तृत विवरण आउन बाँकी छ,’ डीएसपी श्रेष्ठले भने । अहिले पनि यस क्षेत्रमा भारी वर्षा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित