Skip to main content

Khabar Samachar

Search
Close this search box.

गैरआवासीय नेपालीलाई नागरिकता दिनु राष्ट्रघाती : प्रभु साह

203
VIEWS

गैरआवासीय नेपालीलाई नागरिकता वितरण अभियानको आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले विरोध गरेका छन् ।अध्यक्ष साहले गैरआवासीय नेपालीलाई नागरिकता दिनुलाई राष्ट्रघाती भन्दै सामाजिक संजालमार्फत विरोध जनाएका हुन् । उनले सरकारको अपराधजन्य कार्यकोविरुद्ध आम जनता एक भएर प्रतिवाद गर्नुपर्ने उल्लेख गरेका छन् ।

उनले गैरआवासीय नागरिकता वितरणले विदेशी नागरिकता लिएका नेपालीहरुको नेपालमा रोकिएको अचल सम्पति बेचबिखन गरि विदेश लैजाने बाटो खुल्ने बताएका छन् ।‘खर्बो खर्बको चल सम्पति अवैध ढंगले विदेश पुर्‍याइसकेका तिनिहरुले अब आफनो अचल सम्पति पनि खुलेआम विदेश लान पाउँनेछन्’, उनले भनेका छन्, ‘नेपालमा लुटेर राखेका सम्पति समेत विदेश लैजानलाई अब कानुनी समस्या हुनेछैन ।’

दुनियाँमा कही नभएको दोहरो नागरिकताको प्रावधानले नेपाल छिट्टै खोक्रो हुने उनले टिप्पणी गरेका छन् । ‘विदेशी लगानी नेपाल ल्याउनलाई यो दोहोरो नागरिकताको प्रावधान ल्याइएको भन्ने हल्ला मचाएर आज ठुलो राष्ट्रघाती कार्य हुँदैछ’, उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित