Skip to main content

Khabar Samachar

Search
Close this search box.

यूएईले नेपाललाई दियो १४१ रनको लक्ष्य

206
VIEWS

नेपाल त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपालविरुद्ध १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४० रनको योगफल खडा गर्‍यो ।काठमाडौं । नेपाल त्रिदेशीय शृङ्खलाको पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)ले नेपालविरुद्ध १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मुलपानीस्थित माथिल्लो मुलपानी मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४० रनको योगफल खडा गर्‍यो ।

यूएईका बसिल हमेदले ५१ रन बनाए । उनले ३८ बलमा एक चौका र चार छक्का प्रहार गरे । यस्तै, अली नासीरले ३२ रन जोडे । ५२–४ को अवस्थाबाट यी दुईले पाँचौँ विकेटका लागि ५६ रनको साझेदारी गर्दै यूएईलाई प्रतिस्पर्धात्मक योगफलसम्म डोहोर्‍याएका थिए ।

कप्तान मुहम्मद वसिमले १७ र आसिफ खानले १५ रन थपे । नेपालका करण केसीले तीन विकेट लिए । करणले चार ओभरको स्पेलमा १९ रन खर्चिए । गुल्सन झाले दुई विकेट लिदा अभिनाश बोहरा र सोमपाल कामीले समान एक विकेट लिए ।

आईसीसी ट्वान्टी–२० विश्वकप छनोटको तयारीअनुरूप हुन लागेको प्रतियोगितामा नेपालसँगै हङकङ र यूएई सहभागी छन् ।

शृंखलाको पहिलो खेलपछि नेपालले २ गते (भोलि) र ४ गते हङकङसँग खेल्नेछ ।

नेपालले कात्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ । यूएई र हङकङले भने कात्तिक ५ र ८ मा खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित