नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ९१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  ८ हजार ७७ जनामा कोरोना परीक्षण गरिएकोमा ३९१ जना नयाँ सक्रमित भेटिएका हुन् ।

गत २४ घण्टाभित्र नेपालमा थप ६८० जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।

विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका ती संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । त्यस्तै हाल सक्रिय संक्रमितको संख्या १२ हजार २९७ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय