बंगलादेश आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको पहिलो खेलमै पराजित भएको छ। बंगलादेश युएई र ओमानमा जारी विश्वकपको पहिलो चरणको पहिलो खेलमै एसोसियट राष्ट्र स्कटल्याण्डसँग ६ रनले पराजित भएको हो।

ओमानको अल अमारत स्टेडियममा स्कटल्याण्डले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन मात्र बनायो।

बंगलादेशका लागि मुस्फिकर रहिमले सर्वाधिक ३८ रन जोड्दा शकिब अल हसनले २० रन बनाए। कप्तान महमुदउल्लाहले २३ रन जोडे भने अफिफ होसेनले १८ रन बनाए। मेहदी हसन १३ रनमा अविजित रहे।

स्कटल्याण्डका ब्राड ह्विलले ३ तथा क्रिस ग्रिभ्सले २ विकेट लिए।

यस अघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो।

स्कटल्याण्डका क्रिस ग्रिभ्सले ४५ रन बनाउँदा जर्ज मुन्सेले २९ रनबनाएका थिए।  त्यसैगरी, मार्क वाटले २२ रन बनाउँदा माथ्यु क्रस ११ रनमा आउट भए।

बंगलादेशका मेहदी हसनले ३ तथा मुस्ताफिजुर रहमान र शकिब अल हसनले समान २/२ विकेट लिए।

विश्वकपको पहिलो चरण अन्तर्गत ओमानले भने विजयी सुरुआत गरेको छ। आइतबारै सम्पन्न खेलमा ओमानले पपुवा न्युगिनीलाई १० विकेटले हराएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय