माल्दिभ्सको मालेमा सम्पन्न १३औं दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई नेपाल सरकारले नगदबाट पुरस्कृत गर्ने भएको छ।मन्त्रीपरिषद्को बैठकले उपविजेता टोलीका प्रत्येक खेलाडीलाई ५ तथा प्रशिक्षकलाई ३ लाख रुपैयाँका दरले प्रदान गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को आजको बैठकले खेलाडीलाई प्रोत्साहनस्वरूप नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले २३ वर्ष मुनिको एसियन कप छनोट खेल्न ताजिकिस्तान जान लागेको नेपाली युवा टोलीको विदाई कार्यक्रममा राष्ट्रिय टोलीका खेलाडी तथा प्रशिक्षकलाई पुरस्कृत गर्ने सरकारी निर्णय सार्वजनिक गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय