अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको ८४ वर्षको उमेरमा कोरोना संक्रमणबाट निधन भएको छ ।

रिपब्लिकन पार्टीसँग आबद्ध रहेका पावेल सन् २००० मा राष्ट्रपति जर्ज डब्ल्यु बुसका पालामा अमेरिकी विदेशमन्त्री बनेका थिए । अफ्रिकी अमेरिकी समुदायबाट विदेशमन्त्री बन्ने उनी पहिलो व्यक्ति थिए ।पावेलको ८४ वर्षको उमेरमा निधन भएको उनको परिवारले घोषणा गरेको थियो । रिपब्लिकन दलमा आबद्ध पावेल विदेशमन्त्री हुनुअघि पूर्व उच्च सैनिक अधिकारीसमेत रहेका थिए ।

यसैबीच प्रधानमन्त्री देउवाले पावेलको निधनप्रति दु:ख व्यक्त गरेका छन्। उनले नेपाल भ्रमणका क्रममा पावेलसँग भएको कुराकानी स्मरण गर्दै उनीप्रति श्रद्धाञ्‍जलि व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय