आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत पहिलो चरणको खेलमा श्रीलंकाले विजयी सुरुआत गरेको छ।सोमबार राति आबुधाबीमा सम्पन्न खेलमा नामिबियालाई ७ विकेटले हराउँदै श्रीलंकाले सुखद् सुरुआत गरेको हो ।

नामिबियाले दिएको ६७ रनको लक्ष्य श्रीलंकाले १३ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो। श्रीलंकाको जितमा भानुका राजपाक्षेले अविजित ४२ तथा अभिष्का फर्नान्डोले अविजित ३० रन बनाए।त्यस्तै, कुशल परेराले ११ जोड्दा दिनेश चण्डिमाल ५ तथा पाथुम निसान्कासमान ५/५ रनमा आउट भए।नामिबियाका रुबिन ट्रम्प्लेमान, बेर्नार्ड स्कोल्ट्स र जेजे स्मिथले  समान एक/एक विकेट लिए।

नामिबियालाई सस्तैमा समेट्न श्रीलंकाका महेश थिक्शानाले ३ तथा लाहिरु कुमारा र वाविन्दु हसरंगाले समान २/२ विकेट लिए। त्यस्तै, चामिका करुनारत्ने र दुश्मन्था चामिराले १/१ विकेट लिए।

विश्वकपको पहिलो चरणमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी प्रतिस्पर्धा गरिरहेका छन्। पहिलो चरणबाट चार टिम सुपर १२ मा प्रवेश गर्नेछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय