Khabar Samachar

भारतद्वारा नेपाल सरकारलाई भूकम्प राहत सामग्री हस्तान्तरण

201
VIEWS

नेपालको कर्णाली प्रदेशमा आएको विनाशकारी भूकम्पबाट प्रभावित जनताको राहत तथा प्राथमिक उपचारका सामग्रीसहित भारतीय वायुसेनाको विशेष विमान नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको छ ।विशेष विमानको पहिलो खेपमा टेन्ट, स्लिपिङ ब्याग, कम्बललगायतका अत्यावश्यक ११ टनभन्दा बढी सामग्री आइतबार आएको भारतीय राजदूत नवीन श्रीवास्तवले बताएका छन् ।उनले ती सामग्री उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका छन् । सोमबार अर्को विमान पनि स्वास्थ्य सामग्री र अत्यावश्यक वस्तु लिएर आउने उनले जानकारी दिए ।

टेन्टलगायत सामानको आवश्यकता बढी भएकाले ती सामग्री थप ल्याउन पहल गरिने उनले बताए ।

नेपालको भूकम्पमा सहयोग प्रदान गर्ने भारत पहिलो मुलुक बनेको छ । भारतीय राजदूतले करिब १० करोडको सामग्री आइसकेको र आवश्यकताअनुसार अरु पनि सहयोग आउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित