चीनले नेपाललाई थप २० लाख डोज कोरोना विरूद्धको खोप दिने प्रतिवद्धता जनाएको छ।परराष्ट्रमन्त्री नारायण खड्कासँगको टेलिफोन संवादमा चिनियाँ विदेशमन्त्री वाङले सो जानकारी दिएका हुन् ।

परराष्ट्र मन्त्रालयद्वारा जारी गरेको विज्ञप्तिअनुसार कुराकानीमा खड्का र वाङबीच द्वीपक्षिय सम्वन्ध, कोभिड १ विरुद्धको लडाईंमा सहकार्य, सीमा व्यवस्थापन, द्वीपक्षीय व्यापार लगायतका विषयमा छलफल भएका थिए । तातापानी र रसूवागढी नाकाबाबाट सामाआपूर्ति बढाउने विषयमा पनि कुराकानी भएको मन्त्रालयल जनाएको छ ।

परराष्ट्र मन्त्री खड्काले विदेशमन्त्री यीलाई धन्यबादसमेत दिएका थिए।

उनीहरूबीच मंगलबार करिब एक घन्टा टेलिफोनमा कुराकानी भएको हो। उनीहरूबीच द्विपक्षीय हितबारे पनि कुराकानी भएको थियो।

साथै उनीहरूबीच सीमा व्यवस्थापन, तातोपानी र रसुवागढी नाकाबाट नियमित सामाग्री ढुवानी, हवाई सम्पर्कलगायत विषयमा पनि कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय