Khabar Samachar

रेशम चौधरीविरुद्धमा परेको रिटको सुनुवाइ अब पुस १६ गते

205
VIEWS

 

रेशम चौधरीलाई बाँकी सजाय मिनाह गर्दै रिहाइको विरुद्धमा परेको रिटको सुनुवाइ अब पुस १६ गते हुने भएको छ। सर्वोच्चमा सात जना न्यायाधीश रिक्त हुँदा उक्त रिटको सुनुवाइ पुस दोस्रो सातासम्म रोकिएको हो।

सर्वोच्च प्रशासनले पुस दोस्रो साताका लागि पेसी तोकेपछि टिकापुर हत्याकाण्डमा ज्यान गुमाएका प्रहरी निरीक्षक केशब बोहोराकी पत्नी शारदा कडायतले अर्को निवेदन दर्ता गराएकी छिन्।

अग्राधिकार पाइसकेको यो रिटको सुनुवाइ शारदाको यो निवेदनसँगै पुस १६ गते पहिलो प्राथमिकतामा राखेर सर्वोच्चले गर्नुपर्ने भएको छ।

न्यायाधीश अभावमा हाम्रो मुद्दाको सुनुवाइ आगामी चैत÷वैशाखसम्म धकेलिने सम्भावना थियो,’ शारदाले नेपालखबरसँग भनिन्, ‘तर, अग्राधिकार पाएकाले पुस १६ का लागि पेसी तोकिएको छ। त्यसदिन पनि पहिलो प्राथमिकतामा सुनुवाइको माग गर्दै मैले अर्को निवेदन सर्वोच्चमा दर्ता गराएको छु।’

सरकारले सजाय माफी दिएको यस रिटमा ५ महिनादेखि सुनुवाइ हुन सकेको छैन।सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा बाँकी कैद मिनाहा गरिदिएपछि चौधरी गत जेठ १५ गते रिहा भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित