Skip to main content

Khabar Samachar

Search
Close this search box.

लुट्ने मनसायले नातेदारले नै गरेका थिए मुगु हत्याकाण्ड

205
VIEWS

मुगुमा एकै परिवारका चारजनाको सामुहिक हत्यामा दुईजना संलग्न रहेको पाइएको छ । प्रहरीका अनुसार दुवैजना मृतकका आफन्त र छिमेकी हुन् ।

कात्तिक १० गते बिहान छायानाथ रारा नगरपालिका-६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र ८ महिने अर्का छोरा रहर मृत अवस्थामा भेटिएका थिए । दुई दिनसम्म घरमा चहलपहल नदेखिएपछि स्थानीयले ढोका फोरेर हेर्दा उनीहरू मृत भेटिएका थिए ।

घटनामा प्रहरीले गाउँकै गोपालबहादुर बोहरा र गोरखबहादुर शाहीलाई पक्राउ गरेको छ । प्रहरीले दुवैलाई आज दिउँसो सार्वजनिक गर्दैछ । प्रहरीका अनुसार लुट्ने मनसायले घटना भएको देखिन्छ । गोपाल र गोरख दुवै मृतकका आफन्त र छिमेकी हुन् । गोरख भने बाँकेको कोहलपुरमा बस्दै आएका थिए । अनुसन्धानका क्रममा गोरख दसैँको दुई दिनअघि गाउँ गएपनि गाउँलेले चाल पाएका थिएनन् ।

उनी गोपालको गोठमा लुकेर बसेको अनुसन्धानका क्रममा खुलेको छ । दसैँको भोलिपल्ट कात्तिक ८ गते राति साढे ८ बजे दुवैजना श्रीदेवीको घरमा छिरेको र सबैको हत्या गरेर लुटपाट गरेको प्रहरीले दाबी गरेको छ ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार गोरख घटना भएकै राति सुर्खेत भागेका थिए । गोपाल भने गाउँमै बसेका थिए ।

‘गाउँमा नयाँ मान्छे आएको थाहा नपाउन् भनेर गोरख दसैँअघि त्यहाँ पुगेर लुकेर बसेको देखिन्छ’, अनुसन्धानमा खटिएका अधिकारी भन्छन् । गोरख श्रीदेवीका माइतीतर्फका आफन्त हुन् भने गोपाल श्रीमानतर्फका आफन्त रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित