Khabar Samachar

Search
Close this search box.

चारदेशीय शृंखलाका लागि आज हङकङ जाँदै नेपाली राष्ट्रिय महिला क्रिकेट टिम

204
VIEWS

हङकङमा हुने चारदेशीय शृंखलाका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टिम आज (आइतबार) त्यसतर्फ प्रस्थान गर्दै छ ।

कात्तिक २९ गतेदेखि सुरु हुने शृंखलाका निम्ति नेपाली टिम दिउँसो ३ः४५ मा हङकङ उड्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

काठमाडौं । हङकङमा हुने चारदेशीय शृंखलाका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टिम आज (आइतबार) त्यसतर्फ प्रस्थान गर्दै छ ।

कात्तिक २९ गतेदेखि सुरु हुने शृंखलाका निम्ति नेपाली टिम दिउँसो ३ः४५ मा हङकङ उड्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

शृंखला कात्तिक २९ देखि मंसिर ३ गतेसम्म सञ्चालन हुनेछ । शृंखलाका सबै खेल हङकङ क्रिकेट क्लबको मैदानमा आयोजना गरिएको छ ।

प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका निम्ति भिड्नेछन् । पुछारका दुई टोलीले भने तेस्रो स्थान पाउन प्रतिस्पर्धा गर्नेछन् ।

शृंखलाको पहिलो खेलमा नेपालले तान्जेनियाको सामना गर्नेछ । नेपाल र तान्जेनियाबीचको खेल कात्तिक २९ गते हुनेछ ।

नेपालले कात्तिक ३० गते आयोजक हङकङ र मंसिर २ गते जापानको सामना गर्नेछ । तान्जेनिया र जापान नेपालसामु नयाँ प्रतिद्वन्द्वी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित