पाकिस्तान क्रिकेट टीमका कप्तान बाबर अजामले राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत टीमको कप्तानीबाट राजीनामाको घोषणा गरेका हुन् ।
उनले बुधबार सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै पाकिस्तानको क्रिकेट टीमको कप्तानबाट राजीनामा दिएको जानकारी गराएका छन्।
उनले टेष्ट, एकदिवसीय र टी–२० तीनवटै फर्म्याटको कप्तानी छाडेका हुन्। भारतमा जारी एकदिवसीय विश्वकपमा पाकिस्तानले खराब प्रदर्शन गरेपछि बाबरको कप्तानीमाथि प्रश्न उठेको थियो।
पाकिस्तानले समूह चरणका ९ मध्ये ४ खेल मात्रै जितेको थियो।
Discussion about this post