नेपाली मूलका इटालीयन फुटबलर विकास मेराग्लियाले च्यासय युथ क्लबबाट आसन्न शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने भएका छन् ।

६ वर्षको उमेरमा इटाली पुगेका उनी १३ वर्षपछि जन्मभूमी नेपाल फर्किएका हुन्। इटालियन नागरिकले विकासलाई एडप्ट गरेर इटाली लगेका थिए। उनलाई ललितपुरस्थित गोदावरी वेलफेयर संस्थाबाट इटाली लगिएको थियो।

इटालीको यू-१६ टिममा परेका उनले सिरि ए क्लब एटलान्टाको युथ टिमबाट पनि खेलेका थिए। युवा खेलाडी विकास र च्यासल क्लबबीच शुक्रबार सम्झौता भएको हो । च्यासल ग्राउण्डमा पत्रकार सम्मेलन गर्दै च्यासल युथ क्लबले विकाससँग लिगका लागि सम्झौता गरेको हो ।

ट्रान्सफर मार्केटको डेटाअनुसार विकासले सन् २०१७ को अक्टोबर १७ मा इटालियन यु-१६ टोलीमा डेब्यु गरेका थिए । सन् २०१८ देखि २०२१ सम्ममा विकासले इटालीका एटलान्टा युथ, एटलान्टा यु-१७, एटलान्टा यु-१९, भेनेजिया यु-१९, एटलान्टा यु-१९ र क्याटोलिका, मेरिग्लियान्सबाट खेलेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय