नेकपा एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई उच्च ज्वरो नघटेपछि अस्पताल भर्ना भएका छन् । बिरामीका कारण भट्टराई पार्टी स्थायी कमिटी बैठकमा समेत सहभागी हुन सकेका थिएनन् ।

डाक्टरको सल्लाहबमोजिम एक सातासम्म भेटघाट पूर्णरूपमा बन्द गरिएको गुरागाईले बताए । भट्टराई एमालेको दशौं महाधिवेशन मूल व्यवस्थापन समितिका सदस्य समेत छन् ।

तीन दिनदेखि अस्वस्थ रहेका भट्टराई घरमै आराम गरिरहेका थिए । तर ज्वरो थप बढेपछि अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय