पछिल्लो २४ घण्टामा शुक्रबार देशभर ७०८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ५७४ र एन्टिजेन परीक्षणबाट १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जम्मा ९ हजार ३७६ गरिएको नमूना परीक्षणमा ७,२५३ पीसीआर परीक्षण र २,१२३ एन्टीजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सोही अवधिमा ९३२ जना कोरोनामुक्त भएका छन् भने कोरोनाबाट ११ जनाको मृत्यु भएको छ।

गत २४ घण्टामा ५८,८५३ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् ।

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १० हजार ९४६ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय