बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानको जमानत निवेदन अस्वीकार भएको छ। बुधबार अदालतले आर्यनलाई जमानतमा रिहा नगरिने निर्णय सुनाएको हो।

अदालतले आर्यनसँगै पक्राउ परेका मुनमुन धमीचा र अरबाज मर्चेन्टको जमानतको आग्रहलाई पनि खारेज गरिदिएको छ । आर्यनलाई मुम्बइको आर्थर रोड जेलमा राखिएको छ ।

योसँगै आर्यनलाई अझै केही समय जेलमा नै बिताउनुपर्नेछ । आर्यनको जमानतको निवेदनमाथि आज अदालतमा बहस भएकोे थियो । आर्यनका वकिलका अनुसार, अब उनको जमानतका लागि मुम्बइको उच्च अदालतमा निवेदन दिने तयारी गरिएको छ ।

छोरा आर्यनलाई हिरासतमा राखिएपछि उनलाई भेट्न पहिलोपटक शाहरुख जेलमा पुगेका हुन् । अक्टोबर २ मा नार्कोटिक्स कन्ट्रोल ब्यूरोले पानीजहाजमा भएको ड्रग्स पार्टीमा छापा मारेर आर्यनसहितका आरोपीलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय