विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ महामारीबाट नेपाल पनि प्रभावित भएको छ। भारतसँग सीमा जोडिएका जिल्लाका क्वारन्टीनमा धेरै सङ्क्रमित फेला परेका छन्। सङ्क्रमण अन्यत्र पनि फैलिन सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरिरहेका छन्।

केही जनस्वास्थ्यविज्ञले नेपालमा कोरोनाभाइरसको सङ्क्रमण उत्कर्षमा पुग्न तीव्र गतिमा बढ्न लागेको चेतावनी दिइरहेका छन्। यसैबीच कोरोनाभाइरस सङ्क्रमणसम्बन्धी नेपालको पछिल्लो स्थिति, तयारीको अवस्था र सरकारले कडाइका साथ लागु गरेको लकडाउन लगायतका विषयमा बीबीसी संवाददाता संजीव गिरीले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को नेपालस्थित कार्यालयका प्रतिनिधि जोस भ्यान्डिलियरसँग कुराकानी गरेका छन्।

प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंश

नेपालको अवस्थालाई डब्ल्यूएचओले कसरी मूल्याङ्कन गरेको छ?

नेपालको अवस्था विशेष छ। त्यो के अर्थमा भन्दा धेरैजसो सङ्क्रमण सर्वसाधारणमा व्यापक रूपमा देखिएको छैन, हामीले ‘हटस्पट’ भन्ने गरेको ठाउँमा देखिएको छ। सरकारले कोरोनाभाइरस सङ्क्रमितहरू भएको हुनसक्ने सम्भावित स्थानमा हेरिरहेको छ र हालसम्मको अवस्था हेर्दा त्यस्ता व्यक्तिहरू प्राय: भारतबाट फर्केका र क्वारन्टीनमा बसिरहेका छन्। भारतबाट आएर प्राय: क्वारन्टीनमा बसिरहेका मानिसमा सङ्क्रमण देखिएको छ। तर उनीहरूमा कुनै पनि किसिमको लक्षण देखिएको छैन।

त्यसको अर्थ ती मानिसहरू बिरामी नभए पनि परीक्षण गर्दा केहीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो। विगत केही सातामा सङ्क्रमण वृद्धि हुनुको कारण मूलत: भारतबाट फर्केका व्यक्तिको परीक्षण हुनु नै हो। हामी आगामी दिनमा पनि सङ्क्रमण बढेको देख्न सक्नेछौँ।

  • थप १६६ जनामा सङ्क्रमण, बाजुरामा एक बालिकाको मृत्यु भएको पुष्टि
  • कर्णाली प्रदेशमा दुई हप्तामा शून्यबाट सयभन्दा बढी सङ्क्रमित

यसको सङ्केत के हो त? नेपाल यो महामारीको तेस्रो चरणमा प्रवेश गरिसकेका छ कि अहिले पनि दोस्रो चरणमै छ?

अहिलेसम्मका घटनाहरू क्वारन्टीनमा एकीकृत भएको देखिन्छ। विदेशबाट आएकाहरू दुई हप्ता क्वारन्टीनमा बसिरहेका छन् र उनीहरूको त्यहाँ परीक्षण भइरहेको छ।

हामीसँग समुदाय स्तरमा कोभिड-१९ को सङ्क्रमण फैलिएको प्रमाण छैन। प्रत्यक्ष रूपमा यात्रा नगरेकाहरूमा पनि कोरोनाभाइरस सङ्क्रमित भएको केही घटना हुनसक्छ।

तर हामीसँग अझै पनि बृहत् स्तरमा कोरोनाभाइरस फैलिरहेको छ भन्ने कुनै प्रमाण छैन। सबै त नभनौँ अधिकांश सङ्क्रमण भारतबाट फर्केका व्यक्तिमा देखिएको छ।

तपाईँले क्वारन्टीनमा भएकाहरूमा कोरोनाभाइरस सङ्क्रमण देखिएको बताउनुभएको छ। बीबीसीले हालै ती स्थलको अव्यवस्थाबारे रिपोर्ट प्रकाशन गरेको थियो जसमा डब्ल्यूएचओको मापदण्ड पनि पालना नभएको उल्लेख छ। क्वारन्टीनमै मृत्यु पनि भएको छ। यस्तो अवस्थामा सरकारले सञ्चालन गरिरहेको क्वारन्टीनको व्यवस्थापनलाई डब्ल्यूएचओले कसरी हेरिरहेको छ? कतिपयले कमजोर व्यवस्थापनका कारण भविष्यमा क्वारन्टीनबाटै समस्या सुरु हुन सक्ने समेत बताएका छन् नि?

तपाईँले भने जस्तै क्वारन्टीनको प्रयोजन भनेको मानिसहरूलाई एकअर्काबाट टाढा राख्नु हो। भारतबाट नेपाल फर्केकाहरूलाई नेपालमा बसिरहेकाहरूसँग छुट्टै राखिएको छ जसकारण कोही कसैले कोरोनाभाइरसको सङ्क्रमण बोकेर आएको रहेछ भने पनि त्यसलाई तत्कालै मानिसहरूलाई सार्न सक्दैनन्।

  • आइसोलेशनमा बसेका एक कोरोनाभाइरस सङ्क्रमितको दैनिकी
  • पहिलो कोरोनाभाइरस पत्ता लगाउने महिला

क्वारन्टीनको प्रयोजन यही नै हो। र क्वारन्टीनमा राख्ने थुप्रै तरिका हुन्छन्। एउटा समूहलाई अर्कोसँग छुट्याएर राख्नुपर्छ। मानिसहरूलाई अरूहरूसँग अलग्गै घरमा पनि क्वारन्टीनमा राख्न सकिन्छ।

नेपालले स्थापना गरेका क्वारन्टीनमा धेरै मानिस छन्। मानिसहरू ठूलो सङ्ख्यामा नेपाल प्रवेश गरेका कारण त्यस्तो भएको हो। सामान्य अवस्थामा हेर्ने हो भने क्वारन्टीनमा बसेकाहरूका लागि खाना, पिउने पानी र एक अर्कामा सङ्क्रमण नसरोस् भन्नका लागि आवश्यक दूरी कायम गर्ने व्यवस्था आवश्यक छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय