Khabar Samachar

सुवासलाई भारतीय ओपनको उपाधि

216
VIEWS
काठमाडौं, पुष १: नेपाल नम्बर एक एमेच्योर गल्फर सुवास तामाङले आईजीयु १२२औं एमेच्योर गल्फ च्याम्पियनशिप अफ इण्डियाको उपाधि हात पारेका छन्।
रोयल कलकत्ता गल्फ क्लवमा म्याच-प्ले फर्म्याटमा खेलिएको ३६-होलको फाईनलमा सुवासले भारतीय खेलाडी रोहितलाई ९/७ ले पराजित गरे। पहिलो नौ होलमा पछि परेको अवस्थालाई उल्ट्याँउदै सुवासले सात होल बाँकी रहँदै उपाधि जितेका हुन्। सुवासको यो ऐतिहासिक सफलता हो। नेपाली गल्फरले भारतमा कुनैपनि प्रतियोगिताको उपाधि जितेको यो पहिलो पटक हो।
चौथो सिडेड सुबाश र तेस्रो सिडेड रोहितबीचको पहिलो नौ होलको प्रतिस्पर्धा रोमाञ्चक बन्यो। पहिलो होल सुबाशले जिते। तर दोस्रो र आठौं होल जित्दा भारतीय रोहितले नौ होलको समाप्तीमा एक होलको अग्रता बनाए। यसपछि १०औं होल सुबाशले जिते र खेललाई बराबरीमा पुर्याए। १३औं होलमा सुबाशले अग्रता बनाए। तर १४औं होल फेरि रोहितले जिते। खेल बराबरीमा पुग्यो। यसपछि १५औं, १६औं र १८औं होल आफ्नो पक्षमा पार्दै १८ होलको खेल सकिंदा ३-अपको अग्रता बनाए।
१३औं दक्षिण एसियाली खेलकूदका दोहोरो स्वर्ण पदक विजेता सुवासले त्यसपछि खेलिएको ११ होलमा एक होलमात्र गुमाए। २०औं होलमा हार‌ बेहोरेका उनले त्यसपछि लगातार दुई होल जित्दै आफ्नो अग्रता ४-अप पुर्याए। २४औं देखि लगातार ४ होल आफ्नो पक्षमा पार्दै सुवास २७ होलको समाप्तिमा ८-अपको अग्रता वनाउन सफल भए।
२८औं होल बराबरी भएपछि सुवासले‌ २९औं होल आफ्नो पक्षमा पार्दै सानदार जीत हासिल गरे। सन् १८९२ मा सुरूवात भएको भारतकै सबैभन्दा पुरानो गल्फ च्याम्पियनशिप जित्ने सुवास पहिलो नेपाली खेलाडी हुन्।
सुरुको दुई दिन स्ट्रोक-प्ले फर्म्याटमा ३६ होल खेलेपछि उत्कृष्ट ३२ खेलाडी म्याच-प्लेका लागी छनौट भएका हुन्। स्ट्रोक-प्लेमा सुवास १-ओभर ७३ र २-अण्डर ७० खेल्दै चौंथो भएका थिए।
म्याच-प्लेको सुरुवाती तीन राउण्डमा भारतीय खेलाडीलाई हराएका सुवासले सेमीफाइनलमा दक्षिण अफ्रीकाका अल्टिन भ्यान डर मर्वेमाथि जित हासिल गरेका थिए।
नेपाल ओलम्पिक कमिटीबाट सन २०२४ को पेरिस ओलम्पिक गेम्सका लागि छात्रवृत्ति प्राप्त गरेका सुवास विगत दुई वर्षदेखि भारतको बैंग्लोरस्थित तरूण सरदेशाई एकेडेमीमा प्रशिक्षणरत रहेका छन। सुवासको यो ऐतिहासिक सफलतामा सहयोग गर्ने संस्थाहरू राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी र तरूण सरदेशाई एकेडेमीलाई नेपाल गल्फ संघले धन्यावाद दिएको छ। साथै नेपाल गल्फ संघले डिसेम्बर २१ मा अर्का एमेच्योर खेलाडी राहुल वीकलाई पनि प्रशिक्षणको लागि तरूण सरदेशाई एकेडेमीमा पठाउने जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित