Khabar Samachar

बालकुमारी घटनामा रास्वपाले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ

207
VIEWS

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय र्‍याट विभागको आयोजनामा ललितपुरको बालकुमारीमा जनहत्याको विरोधमा ‘जवाफ चाहियो सरकार’ कार्यक्रम आयोजना गरिएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठको पुत्ला बनाएर रास्वपाको र्‍याट विभागले ‘जवाफ चाहियो सरकार’ कार्यक्रम सञ्चालन गरेको हो । त्यस क्रममा रास्वपाले प्रधानमन्त्री र गृहमन्त्रीलाई केही प्रश्न गरेको छ ।पानीजहाज बनाउने काममा कोरिया जानका लागि भाषा परीक्षा दिएर अनुतीर्ण भएकाहरुले उत्पादनमूलक कामका लागि हुने भाषा परीक्षाका लागि पनि फारम भर्न पाउनुपर्ने माग गर्दै शुक्रबार ईपीएस कोरिया शाखाको कार्यालयबाहिर प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरीले गोली चलाउँदा २ जनाको मृत्यु भएको थियो ।

विरोधमा सहभागी नेता कार्यकर्ताले प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला बनाएर विभिन्न प्रश्नहरु सोधेका थिए। कार्यक्रममा गृहमन्त्रीलाई बर्खास्त गर्न समेत माग गरिएको थियो । उनीहरुले प्रधामन्त्री र गृहमन्त्रीलाई अलग अलग प्रश्न गरेका थिए भने रास्वा सांसद तथा नेताहरुले सम्बोधन समेत गरेका थिए ।

साोधिएका प्रश्न:
(प्रधानमन्त्री)-
१. रोजगारीका लागि विदेश जान पनि विभेद नहोस् भन्नेलाई किन गोली हानेर मार्न लगाउनु भयो प्रधानमन्त्रीज्यू?
२. प्रधानमन्त्रीज्यू, नागरिकको ‘हत्या’का लागि गोली बर्साउन आदेश दिने गृहमन्त्रीलाई कहिले बर्खास्त गर्नुहुन्छ?
३. सरकार सामान्य प्रदर्शन पनि घातक बल प्रयोग नगरी रोक्न नसक्ने कमजोर अवस्थामा पुगिसकेको हो प्रधानमन्त्रीज्यू?
४. जनताको दुहाई दिएर सत्तामा पुग्नेले जनता नै किन मार्छन् प्रधानमन्त्रीज्यू?
५. मन्त्रीकै सवारी साधन जोगाउन नसक्ने सरकारले नागरिकलाई सुरक्षा दिन्छ भनेर कसरी पत्याउँ प्रधानमन्त्रीज्यू?
६. सरकारले समयमै माग सम्बोधन नगर्दा ज्यान गुमाएका युवाको आत्माले पिरोल्दा कसरी मन शान्त बनाउनुहुन्छ प्रधानमन्त्रीज्यू?
७. गोली हानेर, मान्छे मारेर समस्याको समाधान खोज्ने कस्तो लोकतान्त्रिक शासन हो यो प्रधानमन्त्रीज्यू?
८. निरासाले तड्पिएका युवालाई गोली उपहार, दिनदाहडै जनता मार्ने किन चाहियो सरकार?
९. भ्रष्टाचार र अनियमितता मौलाउँदा युवा बेरोजगारी, जनता मार्दै शासन गर्ने कस्तो नियत सरकारी?
१०. इलम गर्न पाऊँ भन्नेलाई सरकार किन दिन्छ गोली, यस्तै शासक रहिरहे व्यवस्थै मासिएला भोलि!

(गृहमन्त्री)-
१. हिजोको घटनापछि तपाईं यो देशको गृहमन्त्री भइरहनु पर्ने एउटा मात्रै कारण देखाइदिनु न गृहमन्त्रीज्यू? जवाफ चाहियो।
२. दुई युवा देश छोड्न खोज्दै थिए, संसार छोड्न बाध्य बनाइदिनु भयो है, किन गृहमन्त्रीज्यू ? जवाफ चाहियो।
३. आन्दोलनलाई नियन्त्रण गर्न सुरुमै गोली चलाउने आदेश किन दिनुभयो गृहमन्त्रीज्यू? जवाफ चाहियो ।
४. आन्दोलन हुँदैछ भन्ने थाहा हुँदा-हुँदै भौतिक मन्त्रीलाई तपाईंको प्रहरी-प्रशासनले किन त्यो बाटोबाट पठायो गृहमन्त्रीज्यू? जवाफ चाहियो।
५. तपाईंले गरेको काम र तपाईंका मातहतमा रहेको निकायले गरेको कामको छानबिन पनि त्यहिँ निकायले गर्दा निष्पक्ष हुन्छ भनेर हामीले पत्याइदिनु पर्ने हो गृहमन्त्रीज्यू? जवाफ चाहियो।
६. ज्यान लिनेलाईं निलम्बन मात्रै! फौजदारी अभियोग लगाउने हिम्मत किन आएन गृहमन्त्रीज्यू? जवाफ चाहियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित