Khabar Samachar

वीरेन्द्र र सुजनको शव स्काई ट्रक मार्फत सुर्खेत पठाइँदै

210
VIEWS

ललितपुरको बालकुमारीमा इपिएस कोरिया शाखामा भाषा परीक्षाको आवेदन दिन पुगेका र प्रहरीबीच झडप हुँदा ज्यान गुमाएका दुई जनाको शव नेपाली सेनाको ‘स्काई ट्रक’ मा राखेर लगिएको छ।

मंगलबार बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेनाको स्काई ट्रकमा राखेर लगिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए।

गत शुक्रबार बालकुमारीमा झडप हुँदा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो। सुजनको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको थियो। वीरेन्द्रको पाटन अस्पतालमा मृत्यु भएको थियो।

दुबैको शवको पोष्टमर्टम पाटन अस्पतालमा गरिएको थियो। दुबैको शव मंगलबार बिहान काठमाडौंबाट सेनाको स्काई ट्रकमार्फत् सुर्खेत विमानस्थल लगिएको हो।

त्यहाँबाट छुट्टाछुट्टै हेलिकप्टरमा राखेर घर पुर्‍याइने एसपी कार्कीले बताए।

सुर्खेतबाट हेलिकप्टरमा सुजन रावतको शव दैलेख र वीरेन्द्रको शव अछाम लैजाने तयारी छ । पुस १३ मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शन स्थलमा गम्भीर घाइते भएका दुवैले अस्पतालमा ज्यान गुमाएका हुन् ।

मृतक परिवारले विभिन्न माग राखेर आन्दोलन गर्दै आएको थियो। सरकारसँग सोमबार भएको छलफलमा चार बुँदे सहमति समेत भएको थियो।

सरकारले मृतक दुबै जनाको शव सम्बन्धित जिल्लामा पठाइदिने सहमति गरेको थियो।

मृतक परिवारलाई सरकारले १०-१० लाख रुपैयाँ दिने, त्यसबाहेक मृतक परिवारका सदस्य एक-एक जनालाई रोजगारी दिने पनि निर्णय भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित