सर्लाहीको बरहथवामा पुनः कर्फ्यु आदेश जारी गरिएको छ।
सर्लाही बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयमा तनाव भएपछि सोमबार बिहानसम्म कर्फ्यु आदेश जारी भएको छ।
शुक्रबारदेखि सुरू भएको तनाव नियन्त्रणमा साम्य नभएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद अधिकारीले नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी गरेका हुन्।
उनका अनुसार आइतबार मध्यान्ह १२: ४५ बजे देखि सोमबार बिहान ८ बजेसम्म कर्फ्यु लगाइएको हो।
बरहथवा नगरपालिकाको सीतापुर जाने बाटोको ब्रम्हस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती/चोर्निया पुलसम्म कर्फ्यु आदेश जारी भएको हो।
कर्फ्युको समयमा कुनै किसिमको भेला हुन, बाहिर आवतजावत गर्न नपाउने प्रशासनले जनाएको छ।
गत शुक्रबार उक्त प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर बरहथवा- ६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएको थियो।
























Discussion about this post