दमको समस्या बढेर थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण डिस्चार्ज भएका छन् ।

स्वास्थ्य समस्यामा सुधार भई सामान्य अवस्था बनेपछि उनी आइतबार अपरान्ह डिस्चार्ज भएका अस्पतालले जनाएको छ ।

यसैबीच नर्भिक अस्पतालले पनि विज्ञप्ति जारी गरी महाचसिव वैद्यको डिस्चार्जबारे जानकारी दिएको छ। उनको अवस्था खतरामुक्त र सामान्य बनेपछि डिस्चार्ज गरिएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन्।उनी अस्पतालमा रहँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, उपराष्टपति नन्दकिशोर पुन, गृहमन्त्री बालकृष्ण खाँणलगायतका नेता तथा उच्च सरकारी अधिकारीले भेटेर स्वास्थ्यलाभको कामना गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय