व्यवसायी दुर्गा प्रसाईँ नेकपा एमाले प्रवेश गरेका छन् । झापामा भएको एक कार्यक्रममा उनी एमाले प्रवेश गरेका हुन् ।

प्रसाईंले देशमा आफूजस्तै लाखौं जनता केपी ओलीका फ्यान रहेको बताए ।

‘एमालेको सदस्यता लिएका मात्र होइन कुनै राजनीतिक पार्टीमा आवद्ध नभएका लाखौं जनता तपाईंका फ्यान छन्, तपाईंले नाकाबन्दीका बेला लिएका चट्टानी अडान कसैले बिर्सेको छैन,’ उनले भने ।

नेपाली जनता आगामी चुनावमा ओलीलाई जनादेश दिनका निम्ति व्यग्र प्रतिक्षामा बसिरहेको दावी प्रसाईंले गरे । देशलाई अगाडि बढाउनका लागि ओली नेतृत्वको विकल्प नै नरहेको उनको भनाइ थियो ।

प्रसाईंले माओवादी नेतृत्वप्रति तिव्र आक्रमण गरे । माओवादीलाई माओको नाम बेच्ने अधिकार नभएको र कम्युनिष्ट भन्न पनि लाज लाग्नुपर्ने प्रसाईंको टिप्पणी थियो ।

“प्रचण्डप्रति मेरो भ्रम तोडियो,” पार्टी प्रवेश गर्ने कार्यक्रममा उनले भने, “हामीले यही दिन देख्न सैनिक हिरासत बसेका थियौँ ? यति नै गर्न थियो भने १७ हजार किन मारियो ? मैले यो प्रश्न प्रचण्ड र बाबुरामलाई सोध्न चाहन्छु । प्रचण्डसँग जवाफ माग्न सक्नुपर्छ ।”

झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले ‘एमाले नेता’ का रूपमा पहिलो भाषण पनि गरे ।

कार्यक्रममा लिखित भाषण पढेका प्रसाई माओवादीमाथि खनिएका थिए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको उच्च प्रशंसा गरे । प्रसाईंले भाषण गर्दा एमाले कार्यकर्ताले अनवरत ताली र हुटिङका साथ समर्थन गरेका थिए । भाषण उनले भाषण सकेपछि ‘दुर्गा प्रसाईं जिन्दावाद’ ‘बोली अलि पिरो हो, दुर्गा प्रसाई जिन्दावाद’ भन्दै नारावाजीसमेत भयो ।

प्रसाईं मञ्चको अग्रपंतिमा एमाले नेताहरू सुभाष नेम्वाङ र लेखराज भट्टसँगै बसेका थिए जण्डिस लाग्दा पनि उपचारका लागि परिवारसहित थाइल्यान्ड जाने माओवादी नेताहरूबाट देशको विकास र समृद्धि सम्भव नरहेको प्रसाईंको भनाइ थियो । आफू कुनै लोभ लालचमा परेर नभइ ओलीप्रतिको भरोसाका कारण एमालेमा प्रवेश गरेको उनले बताए ।। प्रसाईंले पार्टी अध्यक्ष ओली आफ्नो हजुरबा भनेर चिनाएका थिए । ओलीलाई उनले सिंगापुरका नेता लि क्वान यु र मलेलियाका नेता मोहम्मद महाथिरसँग तुलना गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय