राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्ती मगरले साविक विजेता मछिन्द्र फुटबल क्लबबाट नयाँ सिजनको शहीद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् ।

मछिन्द्र क्लबले आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै विमललाई औपचारिक रुपमा अनुबन्ध गरेको हो । क्लबका उपाध्यक्ष अनिल श्रेष्ठ र विमलले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

मच्छिन्द्रमा यो सिजनका लागि सुनील बल, विशाल राई, सुजल श्रेष्ठ र विशाल श्रेष्ठ आबद्ध भइसकेका छन्।विमलको अनुबन्धपछि मछिन्द्रको आक्रमण लाइन बलियो बनेको छ । मछिन्द्रले यसअघि नै राष्ट्रिय टिमका युवा स्टार मनिष डाँगीलाई अनुबन्ध गरिसकेको छ ।

सिजनको सहिद स्मारक ए डिभिजन लिग कात्तिक २९ बाट सुरू हुँदैछ।

गत सिजन घाइते भएका विमलको गत फागुनमा शल्यक्रिया गरिएको थियो। चोटका कारण एक वर्ष मैदान बाहिर रहेका विमल कतारमा उपचार गराएर गत महीना स्वदेश फर्किएका थिए । गत वर्ष पुसमा राष्ट्रिय टिमको क्याम्पमा प्रशिक्षणका क्रममा विमललाई घुँडामा चोट लागेको थियो । त्यसपछि उनी अखिल नेपाल फुटबल संघ एन्फाको सहयोगमा कतारमा उपचार गराएर आएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय