काठमाडौंको एयर्पोर्ट, सिनामंगलबाट ११ जना अफगान नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। अवैध रूपमा नेपाल आएको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

३ जना महिला र ८ जना पुरूषलाई एयर्पोर्ट,सिनामंगलको एक होटलबाट केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।

उनीहरू काठमाडौंमा कहिलेदेखि छन् भन्ने पुष्टि भइनसकेको उनले बताए। उनीहरूले आफूहरू चार-पाँच दिनअघि मात्रै आएको बताएका छन्।

सीआईबीका प्रवक्ता श्यामकुमार महतोकाअनुसार आज बिहान एयर्पोर्ट,सिनामंगलको एक होटेलबाट उनीहरूलाई पक्राउ गरिएको हो । अफगानी मूलका नागरिक गैरकानुनी रूपमा काठमाडौँमा बसिरहेको भन्‍ने सूचनाका आधारमा उनीहरूलाई नियन्‍त्रणमा लिएको उनले बताए । पक्राउ पर्नेहरूमा एकै परिवारका पाँच जना छन् भने बाँकी छुट्टाछुट्टै छन्। उनीहरू भारत हुँदै सुनौली नाकाबाट आएका थिए।

उनीहरू अफगानी नागरिक नै हुन् वा होइनन् भन्‍नेबारे अनुसन्‍धान भइरहेको उनले बताए । ‘अफगानी मूलका नागरिक हुनसक्‍ने आशंकामा हामीले ११ जनालाई सोधपुछका लागि नियन्‍त्रणम लिएका छौँ । उनीहरू अफगानी नै हुन् वा होइनन् भन्‍नेबारे सोधपुछ भइरहेको छ,’ उनले भने । तालिबानले सत्ता कब्जा गरेपछि अफगानी नागरिकहरू स्‍थलमार्ग हुँदै नेपाल छिर्ने गरेको बताइन्‍छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय