गृह मन्त्रालयले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिलाई घर तथा कोठा भाडामा नदिन सर्वसाधारणलाई आव्हान गरेको छ । सोमबार बिहान काठमाडौंको सिनामंगलस्थित एक होटलबाट ११ जना अफगान नागरिकलाई प्रहरीले पक्राउ गरेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

सोमबार गृहमन्त्रालयले विज्ञप्‍ति जारी गर्दै पछिल्लो केही दिनयता कतिपय विदेशी नागरिक परिचय लुकाइ अनाधिकृत रुपमा प्रवेश गरी नेपालमा बसोबास गर्ने प्रयास गरिरहेकाले परिचय नखुल्‍नेलाई घर वा फ्ल्‍याट भाडामा नदिन अनुरोध गरेको छ ।

विज्ञप्‍तिमा पहिचान नखुलेका विदेशी नागरिक देखिएमा वा भेटिएमा नजिकको प्रहरीलाई खबर गर्न पनि अनुरोध गरिएको छ । आज मात्र अफगानी ११ जना, ३ जना पाकिस्तानी नागरिकलाई प्रहरीलाई नियन्त्रणमा लिएको छ । केही दिनअघि मात्र उनीहरू नेपाल प्रवेश गरेका थिए । पछिल्लो समय खुला सीमाका कारण विदेशी नागरिकहरू सहजै नेपाल प्रवेश गर्ने घटना बढ्दै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय