Khabar Samachar

Search
Close this search box.

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन ‘निजी क्षेत्र’ लाई दिने क्यानको तयारी

201
VIEWS

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ‘निजी क्षेत्र’ भित्र्याउने अवधारणा ल्याएको छ । प्राधिकरणको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा विमानस्थल सञ्चालन गर्न अवधारणा अघि सारेको हो ।

प्राधिकरणले तीन विमानस्थल सञ्चालन र विस्तार र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा ‘निजी क्षेत्र’ भित्र्याउने अवधारणा ल्याएको प्रधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । प्रवक्ता निरौलाका अनुसार, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने कम्पनीलाई तीन वटा विमानस्थलको सञ्चालन र विस्तारको जिम्मा दिने प्राधिकरणको अवधारणा छ ।

निजगढ निर्माण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा पीपीपी मोडेलमा निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने वा ‘अन्य कुनै विकल्पमा’ भन्ने अवधारणासहित मन्त्रालयमा निर्णयको लागि प्रस्ताव गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित