वागमती प्रदेको मुख्यमन्त्रीमा वाम-लोकतान्त्रिक गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका प्रदेश संसदीय दलका नेता माननीय राजेन्द्र पाण्डेको दाबी पेस भएको छ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउन ५९ सांसदले हस्ताक्षर गर्ने भएका छन्।

३ सांसद रहेको विवेकशील साझा पार्टीले पाण्डेलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर नगर्ने भएको छ। ‘हामीबिना नै उहाँहरुलाई मुख्यमन्त्री दाबी गर्न बहुमत पुग्छ। राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउन बिहीबार हामीले हस्ताक्षर गर्दैनौं’, विवेकशीलका सांसद विराजभक्त श्रेष्ठले भने,‘विश्वासको मत दिने बेला पार्टीमा छलफल गरेर निर्णय लिन्छौं।’

२/२ सांसद रहेका नेपाल मजदुर किसान पार्टी र राप्रपाले पनि पाण्डेलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर नगर्ने भएका छन्। ४३ सांसद रहेको एमाले प्रमुख प्रतिपक्ष हुने भएको छ।

माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादी र जनता समाजवादीका गरि ५९ सांसदको हस्ताक्षरसहित पाण्डेले मुख्यमन्त्रीको दाबी गर्ने भएका हुन्। बहुमतका लागि ५५ सांसद आवश्यक पर्दछ। तत्कालीन नयाँ शक्ति पार्टीबाट रसुवामा विजयी प्रेमबहादुर तामाङसहित गठबन्धनको पक्षमा ५९ सांसद छन्। हाल कायम कूल १०९ सांसदमा गठबन्धनबाट माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाका १ सांसद छन्।

अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि विपक्षी गठबन्धनले ५९ सांसदसहित पाण्डेलाई मुख्यमन्त्रीका रूपमा दावी पेस गरेको हो ।

प्रदेश प्रमुख यादवचन्द्र शर्मा संविधानको धारा १६८ को २ अनुसार विहीबार दिउँसो तीन बजेभित्र मुख्यमन्त्रीमा दावी गर्न आह्वान गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय