नेपाली कांग्रेसको महाधिवेशन फेरि सारिएको छ। मंसिर २७ देखि हुने नयाँ मिति तय गर्दै कांग्रेसको १४औं महाधिवेशन सारिएको हो। योसँगै कांग्रेसको निर्वाचन कार्यतालिका ८औं पटक संशोधन भएको छ। यसअघि निर्धारित मंसिर ९ देखि १३ गतेसम्मको मितिमा महाधिवेशन नहुने निश्चित भएपछि निर्वाचन समितिले पुनः नयाँ कार्यतालिका बनाउँदै महाधिवेशनको मिति १८ दिन पर सारेको हो ।

बुधबार बसेको कांग्रेस निर्वाचन समितिको बैठकले आउँदो २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको छ। बाँकी रहेका वडा अधिवेशन कात्तिक २७, पालिका अधिवेशन कात्तिक ३० मा हुनेगरि मिति तय गरिएको निर्वाचन समितिका सदस्य एगराज पोखरेलले बताए।कांग्रेसले १३ जिल्ला वडा अधिवेशन गर्न बाँकी छ।

यस्तै, मंसिर ३ मा प्रदेश निर्वाचन क्षेत्र, ६ गते प्रतिनिधि सभा निर्वाचन क्षेत्र र १० गते जिल्ला अधिवेशन गर्नेगरि मिति प्रस्ताव गरिएको पोखरेलले बताए। मंसिर १६ र १७ मा सातवटै प्रदेशको अधिवेशन गर्ने नयाँ कार्यतालिका छ।

कांग्रेस शीर्ष नेताहरूको बैठकले नयाँ कार्यतालिका बनाउने जिम्मेवारी निर्वाचन समितिलाई दिइएको थियो। बुधबार निर्वाचन समितिले तय गरेको निर्णयलाई केन्द्रीय समिति बैठक बोलाएर अनुमोदन गरिनेछ।

नेपाली काँग्रेस १४ औं महाधिवेशनको नयाँ कार्यतालिका :

  • कात्तिक २७ गते वडा र कात्तिक ३० गते पालिका अधिवेशन (वडा/पालिका अधिवेशन हुन नसकेका १३ जिल्लामा)
  • मंसिर ३ गते : प्रदेश सभा अधिवेशन
  • मंसिर ६ गते : संघीय निर्वाचन क्षेत्र अधिवेशन
  • मंसिर १० गते : जिल्ला अधिवेशन
  • मंसिर १६ र १७ : सात वटै प्रदेशको अधिवेशन
  • मंसिर २७ देखि पौष १ गते: केन्द्रीय महाधिवेशन

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय