Khabar Samachar

विमानस्थल अध्यागमन प्रमुखमाथि प्रहरीले गर्‍यो हातपात

226
VIEWS

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा प्रहरीले कर्मचारीमाथि हातपात गरेका छन् । शुक्रबार बिहान चेकजाँच गर्ने क्रममा अध्यागमनका कर्मचारीले असभ्य बोलेको भन्दै प्रहरीले हातपात गरेका हुन् ।शुक्रबार बिहान आफ्नो काम सकी फर्कने क्रममा अराइभलतर्फ रहेका प्रहरी कर्मचारीले शरीर खानतलासी गर्ने क्रममा अध्यागमनका कर्मचारीले असभ्य बोलेको भन्दै प्रहरीले कुटपिट गरेका हुन् । मेटल फ्री भई फर्कने क्रममा प्रहरीले शरीर खानतलासी गरेपछि कर्मचारीले मेटल फ्री भएपछि सधैँ यसरी त चेक गर्नु पर्दैन होला नि भनेकामा प्रहरीले कुटपिट गरेको अध्यागमन कर्मचारीको गुनासो छ । यद्यपि प्रहरीले आफ्नो जिम्मेवारी पूरा गर्दा कर्मचारीले असभ्य बोलेकाले धकेलाधकेलसम्म भएको तर कुटपिट नभएको दाबी गरेको छ ।

त्रिवि विमानस्थल प्रहरीले अध्यागमनका अन्य केही कर्मचारीमाथि पनि हातपात गरेको बुझिएको छ ।त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगन बहादुर हमालका अनुसार शुक्रबार बिहान कर्मचारीमाथि प्रहरीले कुटपिट भएपछि दुवै पक्षबिच छलफल भएको थियो । छलफलमा जो दोषी देखिन्छ उसलाई कारबाही गर्ने भनी सीसीटीभी हेर्दा कर्मचारी र प्रहरीबिच भनाभन भएको देखिएको र भनाभनपछि प्रहरीले अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि आक्रमण भएको देखिएको थियो । त्यसपछि हमालले प्रहरीको ज्यादती बढी भयो भनी कुरा गर्ने बित्तिकै सीसीटीभी शाखामा रहेका प्रहरीहरुले पुनः मोक्तानमाथि आक्रमण गरेका थिए । त्यही क्रममा कार्यालय प्रमुख हमालमाथि समेत आक्रमण भएको छ ।

भिजिट भिषा सेटिङमा पछिल्लो समय प्रहरी र अध्यागमन कर्मचारीबीच दूरी बढ्दै गएको देखिन्छ । अध्यागमनका कर्मचारीले अमेरिकी डलरसमेत तस्करी गर्ने गरेको प्रहरीको आरोप छ ।

स्रोतका अनुसार विमानस्थलका एक असईले अध्यागमनका कर्मचारीमाथि हातपात गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित