Khabar Samachar

Search
Close this search box.

बङ्गलादेश एमेच्योर ओपनमा नेपाल पाँचौं

205
VIEWS
डिफेन्डिङ च्याम्पियन नेपालले ३७औं संस्करणको बङ्गलादेश एमेच्योर ओपन गल्फ प्रतियोगितामा कमजोर प्रदर्शन गरेको छ। टिम स्पर्धाको प्रमुख दाबेदार नेपालले २८-ओभर ३ सय १६ को नतिजामा पाँचौ स्थानमा प्रतियोगिता सकाएको छ।
गत संस्करणको विजेता नेपाललाई प्रमुख दाबेदारको रूपमा हेरिएको थियो। तर आज सबैभन्दा बढी आश गरिएको र गत संस्करण नेपाललाई स्वर्ण दिलाएको टिमका सदस्य सदभाव आचार्यले १०-ओभर ८२ को खराब प्रदर्शन गरे। उनले ३६ होलको समाप्तीमा १६-ओभर १ सय ६० को स्कोर दर्ज गरे।
राष्ट्रिय टिमबाट पहिलो पटक खेलेका राहुलले आज ५-ओभर ७७ स्कोर गरे। समग्रमा उनले १२-ओभर १ सय ५६ को प्रदर्शन गरे। यो नतिजामा नौ टिम सहभागी प्रतियोगितामा नेपाल पाँचौ भयो। गत संस्करणमा कूल ४-ओभरको स्कोरमा सदभाव र सुबाश तामाङले नेपाललाई स्वर्ण दिलाएका थिए। व्यक्तिगत स्पर्धामा सुबाशले रजत पदक जितेका थिए।
आयोजक बङ्गलादेश बी टिमले समग्रमा १-अन्डर २ सय ८७ सहित स्वर्ण पदक हात पार्यो। स्वर्ण विजेता बङ्गालादेशको टिम भन्दा नेपाल २९ स्ट्रोकले पछाडि रहयो। बङ्गलादेशको ए टिम २९६ सहित दोश्रो हुँदा श्रीलंका १२-ओभर ३०० को स्कोरमा तेश्रो भयो।
व्यक्तिगततर्फ समग्रमा १२-ओभर १ सय ५६ सहित राहुल १६औं र सदभाव १६-ओभर १ सय ६० सहित संयुक्तरुपमा २५ औं स्थानमा रहेका छन। ९७ गल्फर सहभागी प्रतियोगितामा‌ २२-ओभर १ सय ६६ स्कोर गरेका ५० गल्फरले कट बनाएका छन।
टिम स्पर्धामा स्वर्ण पदक विजेता अबु बाकेर सिद्दिक र मोहम्मद शाहब उद्दिन पहिलो र दोश्रो स्थानमा रहेका छन। ईभन-पार ७२ खेलेका अबु कूल १-अण्डर १ सय ४३ सहित शीर्ष स्थानमा उक्लिए। १-अण्डर ७१ खेलेर दिनको उत्कृष्ट कार्ड तयार पारेका शाहब ईभन-पार १ सय ४४ को स्कोरमा दोश्रो स्थानमा उक्लिए। पहिलो दिनका लिडर अस्ट्रेलियाका आरभ डी शाह २-ओभर १४६ स्कोरमा तेश्रो स्थानमा झरे। उनले आज ५-ओभर ७७ खेले।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित