सामाजिक सञ्जाल फेसबुकले आफ्नो प्यारेन्ट कम्पनीको नाम परिवर्तन गर्ने निर्णय गरेको छ। बिहीबार फेसबुकको वार्षिक कनेक्ट कन्फ्रेन्समा फेसबुकका सीईओ मार्क जुकरबर्गले कम्पनीका नयाँ कर्पोरेट नाम सार्वजनिक गरेका हुन्।

कम्पनीलाई नयाँ नाम दिइएपनि यसअधिका कुनै संरचनामा भने परिवर्तन नहुने उनले बताएका छन्। साथै,

समाचार संस्था रोयटर्सका अनुसार यसअघि फेसबुक इन्क नामको कम्पनीलाई अब मेटा भनिनेछ। फेसबुकका सिइओ मार्क जुकरबर्गले कम्पनीको भर्चुअल कन्फरेन्समा बोल्दै बिहीबार नयाँ नाम घोषणा गरेका हुन्।

फेसबुक इन्कले फेसबुक, इन्स्टाग्राम, ह्वाटसएपलगायत सामाजिक सञ्जाल चलाउँदै आएको छ। प्यारेन्ट कम्पनीको नाम परिवर्तन भए पनि ती सामाजिक सञ्जालको नाम भने परिवर्तन नहुने बताइएको छ।

अमेरिका र अरू विभिन्न मुलुकका कानुन निर्माता र नियामक निकायहरूले फेसबुकमाथि निगरानी कडा पारेका बेला जुकरबर्गले कम्पनीको रिब्रान्ड गर्न नयाँ नाम घोषणा गरेका हुन्।

यो कुरा कम्पनीको नाम परिवर्तन गर्नेमा मात्र सीमित नभई भविष्यमा ‘मेटाभर्स’ मा जानका लागि गरिएको जुकरबर्गको भनाइ छ।

यसअघि सञ्चालित एप्स र तिनका ब्रान्ड परिवर्तन नहुने उनको भनाइ छ। कम्पनीअन्तर्गत हाल फेसबुकसँगै मेसेन्जर, ह्वाटस्एप, इन्स्टाग्रामलगायत सञ्चालनमा छन्।  फेसबुकले एउटामात्रै सञ्जालको प्रतिनिधित्व गरेका कारण नाम परिवर्तन गर्नुपर्नेको जुकरबर्गले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय