अमेरिकाबाट सञ्चालन भइरहेको ‘हाम्रो पात्रो इंक’ले नेपाली सफ्टवेयर उद्योगका अग्रणी रुद्र पाण्डेलाई बोर्ड अफ डाइरेक्टर्स (सञ्चालक समिति)को प्रमुखमा मनोनयन गरेको छ ।

एक करोड डाउनलोड भएको हाम्रो पात्रो मोबाइल एपको सञ्चालक समितिको नेतृत्वमा रुद्र पाण्डेलाई स्वागत गर्न पाउँदा उत्साहित भएको हाम्रो पात्रो टिमले जनाएको छ ।

पाण्डेले हाम्रो पात्रोको आगामी रणनीति बनाउनका लागि हाम्रो पात्रोका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकर उप्रेति र वरिष्ठ टोलीसँग मिलेर काम गर्नेछन् ।

हाम्रो पात्रोका सीईओ उप्रेतिले पाण्डेलाई स्वागत गर्न पाउँदा उत्साहित भएको र आफूहरूका लागि अवसर भएको बताए । यस्तै, नवमनोनित प्रमुख पाण्डेले हाम्रो पात्रोको घरेलु नामलाई अझै सफल र बृहत् बनाउन शंकर र हाम्रोपात्रो टिमसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए ।हाम्रोपात्रोले विश्वभरका दशौँ लाख नेपालीहरूलाई नेपाल र नेपाली संस्कृतिसँग जोडिन सहयोग गरेको छ । २०१० मा एक सामान्य क्यालेण्डर (पात्रो)को रूपमा सुरु भएको हाम्रो पात्रो अहिले नेपालकै सबैभन्दा ठूला मोबाइल प्लेटफर्महरूमध्ये एक हो, जसले नेपालीलाई पात्रोहरू, समाचार, रेडियो स्ट्रिमिङ, ज्योतिष सेवा आदि प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय