Khabar Samachar

नेपाल ए ४ विकेटले पराजित, क्यानडाले जित्यो सिरिज

205
VIEWS

क्यानडा-११ ले नेपाल ‘ए’ क्रिकेट टिमविरूद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ।

तेस्रो तथा निर्णायक खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै क्यानडाले सिरिज २-१ ले आफ्नो पक्षमा पारेको हो। यसअघि पहिलो खेलमा क्यानडा तथा दोस्रो खेलमा नेपाल विजयी भएका थिए।

बिहीबार मुलपानी मैदानमा नेपालले दिएको १८२ रनको लक्ष्य क्यानडाले ६ विकेटको क्षतिमा ३८.५ ओभरमा पूरा गर्‍यो।

क्यानडाका लागि निकोलास किर्टनले नटआउट ५८ रन जोडे भने आरोन जोनसनले ४२ रन र नवनीत धलिवालले ३८ रन बनाए।

बलिङमा नेपालका शाहब अलामले ४ विकेट लिए। उनले १० ओभरमा ३५ रन दिए। शेर मल्ल र बसिर अहमदले १-१ विकेट लिए।

त्यसअघि टस जितेको क्यानडाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४७ ओभरमा १८१ रनमा अलआउट भयो।

नेपालका लागि ओपनरद्वय आशुतोष घिरैयाले २८ रन र अर्जुन कुमालले २७ रन जोडे।

शेर मल्ल शून्यमा आउट हुँदा कप्तान सन्दीप जोराले २४ रन बनाए।

सुजन थपलिया २० रन, रशिद खान १९ रन तथा रनआउटको सिकार भएका बसिर अमहदले २५ रन जोडे। प्रतिश जिसीले १९ रन जोडे भने हमेन्त धामीले ६ रन, शाहब अलाम ० र सागर ढकालले १ रन मात्र बनाउन सके।

बलिङमा क्यानडाका निकोलास किर्टन, डिलोन हेलिङगर र हर्ष थकेरले २-२ विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित